Logo

पूर्वराष्ट्रपतिसँग दलाई लामालाई भेटाउने तयारी

पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई अमेरिकाको सिकागोमा आयोजना हुने विश्व हिन्दु सभामा बोलाउन केही हिन्दूवादी संगठनका नेताहरुले प्रयास गरिरहेका छन् ।गणतन्त्र हिन्दू राष्ट्र प्रमुखको हैसियतमा डा. यादवले प्रदर्शन गरेको भूमिकालाई कदर गर्नुपर्ने अवधारणासहित उनीहरुले आयोजकसमक्ष लबिङ गरिरहेका निकट स्रोतले जनाएको छ ।

सेप्टेम्बर ७ देखि ९ सम्म चल्ने सभामा विश्वका विभिन्न धार्मिक संगठनका धर्मगुरु लगायत ख्यातिप्राप्त व्यक्तिहरुको सहभागीता रहनेछ । आजको कारोबारको दोस्रो पृष्ठमा दलाई लामालाई पूर्वराष्ट्रपति यादवसँग भेटाउने तयारी शिर्षकमा समाचार छापिएको छ ।

यो सभामा दलाई लामा, राष्ट्रय स्वयसेवक संघका प्रमुख मोहन भागवत, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, हलिउड स्टार रिचार्ड गेरे र रिर्जभ बैंक अफ इन्डियाका पूर्व गभर्नर भी राजन लगायतका व्यक्तिहरुलाई निम्तो गरिएको र निम्तो गरिएकाहरुको तर्फबाट सहभागीताको सुनिश्चितता खोजिएको स्रोतले जानएको छ ।यसमा विश्वका भिन्न देशहरुबाट २ हजारदेखि ३ हजारको बीचमा सहभागीता रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्