Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 256

सुन पाइने लाेभले विद्यालयका प्रिन्सिपलले महिलाको बलि दिने प्रयास


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 29

नवलपरासी – नवलपरासीमा बालक बलि दिएको घटना सेलाउन नपाउँदै फेरि अर्को अपत्यारिलो घटना सार्वजनिक भएको छ । समाजमा अन्धविश्वास हटाउनुपर्ने विद्यालयका प्रिन्सिपलले स्थानीय एक महिलालाई बलि दिने प्रयास गरेको घटना बाहिर आएको हो ।

नवलपरासीको प्रतापपुर गाउँपालिका–३ अमुवामा रहेको न्यु गोल्डेन लाइफ इंग्लिस स्कुलका सञ्चालक तथा प्रिन्सिपल हरेन्द्र बडै शर्माले स्थानीय फूलमति मुसहरलाई बलि दिने प्रयास गरेका थिए । संयोगवश महिलाका आफन्तले थाहा पाएपछि बलि दिनबाट रोकिएको थियो ।

विद्यालय परिसरभित्रै चार फिट गहिरो, डेढ–डेढ फिट लम्बाइ तथा चौडाइको खाल्डो खनेर बलि दिए सो स्थानमा सुन पाइने भन्दै बलि दिन खोजिएको स्थानीयको भनाइ रहेको छ ।

प्रिन्सिपल शर्माले भने फूलमति बिरामी भएकाले उनलाई सञ्चो गराउने उद्देश्यले पूजा गर्न थालिएको दाबी गरेका छन् । स्रोतका अनुसार फूलमतिसँग लामो समयसम्म बोलचाल बन्द भएका प्रिन्सिपल हरेन्द्रले फूलमतिका देवर र नन्दको सहारामा ती महिलालाई उक्त स्थलमा राति १२ बजे लगेका थिए ।

शर्माले १८ जेठको शुक्रबार राति धामी बोलाएर स्कुलको प्राङ्गणअघि रहेको टहरोमा करिब चार फिट गहिरो खाल्डो खनेर विशेष पूजा गरेको र राति करिब १२ बजे विद्यालयसँगै जोडिएको घरमा रहेकी फूलमतिलाई उनकै देवर–देउरानी पञ्चराम मुसहर र चन्दा मुसहरलाई प्रयोग गरेर घरबाट लिएर आएको स्थानीयले बताएका छन् ।

विशेष पूजा गरिरहेको स्थानमा गहिरो खाल्डो र धारिलो हतियार तथा पूजाआजा चलिरहेको देखेपछि फूलमति भागेर एक स्थानीयको घरमा पुगेपछि घटना बाहिरिएको हो ।

स्थानीयले घटनाका बारेमा प्रहरीलाई खबर गरेपछि राति २ बजे इलाका प्रहरी कार्यालय समेमरीको टोली पुग्दा खाडल देखेको र पूजाआजा गरेको पाइएको प्रहरी नायब निरीक्षक झलक श्रेष्ठले बताए ।

स्थानीयका अनुसार हरेन्द्रले धामी कृष्ण प्याकुरेलको भनाइमा विश्वास गर्दै खाडल खनेको ठाउँमा मानव बलि दिए सोही ठाउँमा सुन पाइने आसमा विशेष पूजा लगाएर बलि दिन आँटेको बताइएको छ । याे खबर राजधानी दैनिककाे पहिलाे पाेस्टमा छ ।