Logo

मनलाग्दी भाडा लिने डेढ सय ट्याक्सीमाथि कारबाही

सरकारले ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई कारवाही गरेको छ । वितेको दुई महिनामा ती ट्याक्सीबाट जरीवानास्वरुप १ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको गुणस्तर तथा नाप तौल विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार अहिले उपत्यकामा भाडाका १० हजार ६ सय ३८ वटा ट्याक्सी गुड्दै आएका छन् । काठमाडौं उपत्यकामा गुड्ने सबै भाडाका टयाक्सीमा मिटर जडान भईसकेको भए पनि ट्याक्सीमा मिटर जडान भईसकेको भए पनि ट्याक्सीचालकले मापदण्ड रहे सवारी नचलाएपछि कारवाही गरिएको हो । आजको नेपाल समाचारपत्र यो खबर छ ।


प्रतिक्रिया दिनुहोस्