Logo

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, चुमनुव्रीमा भीषण बाढी

काठमाडौं,९ वैशाख । गोरखाको चुमनुब्री गाउँपालिका-१ मा रहेको वीरेन्द्र हिमतालमा हिमपहिरो खसेको छ ।

हिमपहिरो असेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो । सो टोलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्