Logo

ग्रिन टी : कसले पिउने र नपिउने ?? पढ्नुहोस र सेयर गर्नुहोस

ग्रिन टीका बारेमा बजारमा विभिन्न हल्ला छन् । ग्रिन टी आफैँमा स्वस्थकर मानिन्छ । यद्यपि, कतिपय मानिसले भने ग्रिन टीको प्रयोग गर्नुहुँदैन वा भनौँ अवस्था हेरी पिउनुपर्छ । ग्रिन टी कसले पिउने र कसले नपिउने त ? शीतल घिमिरेले बताएका छन् :

जसले पिउनुहुँदैन 

न्यून रक्तचाप भएका मानिसले खाली पेटमा पिउनुहुँदैन । तर, खाना खाएपछि कालो नुन थपेर दिनमा एक कपसम्म भने पिउन सकिन्छ ।
महिनावारी भएको तीन दिनसम्म ग्रिन टीको प्रयोग गर्नुहुँदैन ।
गर्भावस्थाको पहिलो तीन महिना र डेलिभरी हुनुभन्दा दुई महिना पहिलेदेखि ग्रिन टीको प्रयोग गर्नुहुँदैन । यसबीचको अवधिमा दिनमा दुई कपसम्म पिउन सकिन्छ ।
स्तनपान गर्ने र गराउनेले पनि ग्रिन टी पिउनुहुँदैन ।
केमो वा अन्य थेरापी लिएका बिरामीले ४२ दिनसम्म ग्रिन टीको सेवन गर्नुहुँदैन ।
हृदयसम्बन्धी रोगीले कुनै प्रकारको रासायनिक औषधिको सेवन गरी ग्रिन टी पिउनुहुँदैन ।
रगतलाई पातलो बनाउने औषधि सेवन गरेकाले पनि ग्रिन टी नपिउँदा राम्रो हुन्छ ।

फाइदैफाइदा

खराब कोलेस्ट्रोल, ट्रेग्लिसेक्राइट्स, युरिक एसिड, उच्च रक्तचाप र मुटुसम्बन्धी रोग नियन्त्रण गर्छ ।
रक्तकोषिका स्वस्थ राख्नुका साथै हृदय र मस्तिष्कघातको सम्भावनालाई कम गर्छ ।
रगतमा भएका अनावश्यक ग्लुकोजको मात्रा घटाउँछ । अम्लीयतालाई घटाएर प्यानक्रियाजलाई स्वस्थ राख्नुका साथै मधुमेह पनि नियन्त्रण गर्छ ।
ग्रिन टीले रोगप्रतिरोधी क्षमतालाई पनि बढाउन मद्दत गर्छ ।
यसले विभिन्न अंगमा हुने क्यान्सरको सम्भावनालाई पनि घटाउँछ ।
पेटसम्बन्धी सम्पूर्ण रोगलाई निको पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
मोटोपना, पार्किन्सन, आर्थराइटिस, रुमाइटिज्म, बाथजस्ता समस्यालाई पनि धेरै हदसम्म नियन्त्रण गर्छ ।
ग्रिन टीको मद्दतले स्मरणशक्ति पनि सशक्त हुने गर्छ । त्यस्तै आँखा, छाला, रक्तकोषिकाको संरक्षण गर्नमा पनि यसले भूमिका खेल्छ ।
कलेजो, फोक्सो, किड्नी, मुटु, दाँत, गिजा, हड्डी संरक्षणमा पनि ग्रिन टीको ठूलो भूमिका हुन्छ ।
यसले धूम्रपान, मद्यपान, लागुपदार्थ, रासायनिक पदार्थ, धातुको असरलाई कम गर्न एन्टिबायोटिक औषधिकै काम गर्छ ।
ग्रिन टीले मृत रक्तकोषिका, फ्री -याडिकल्सलगायतका विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने काम गर्छ ।


प्रतिक्रिया दिनुहोस्