गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीबारे नयाँ खुलासा गरेका छन् ।आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दे थापाले सुन तस्करी हुण्डी कारोबारसँग जोडिएको देखिएको बताएका छन् ।
उनले भने, ‘सुनवाला माछा मार्ने काम जारी छ । यसमा अनुसन्धान जारी छ । अहिले भुरा र मझौला माछाहरु परेका छन् । आशा गरौँ ठूला माछा पनि पर्नेछ, पर्नुपर्छ । त्यस्तै थापाले सरकारले सुशासनका लागि ठोस कदम चालिरहेको बताउदै ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र सुशासन आवश्यक रहेको उल्लेख गरेका छन् ।
गुण्डा र डन निस्तेज गर्न गृहले ठोस योजना अघि सारेको भन्दै आफ्नो मन्त्रालयले सम्पन्न गरेको कार्यहरु प्रस्तुत गर्दै यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गरेको बताए ।
प्रतिक्रिया