Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

गृहमन्त्री बादलले दिए चेतावनी, ‘कामचोर प्रचण्डका घरधनीलाई कारवाही हुन्छ’


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

गृहमन्त्री रामबहादुर थापा बादलले ठेक्का लिएर समयमा काम पूरा नगर्ने ठेकदार प्रचण्डकै घरधनी भए पनि कारबाहीको भागीदार हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको घरधनी शारदाप्रसाद अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा गरेका छैनन् ।

सोही विषयमा राखिएको प्रश्नको जवाफ दिंदै थापाले सो कुरा बताएका हुन् । उनले कसैलाई पनि राजनीतिक आस्था, पहुँच कसैको आधारमा पनि काम नगर्ने ठेकेदारलाई नछाड्ने बताएका छन् ।

गृहमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले कानुन नमान्ने र राज्यलाई समेत धोका दिने ठेकदार जो सुकै भए पनि नछाडीने दोहोरए । उनले सांसद वा ठूलै नेता भए पनि कारवाही हुने बताएका छन् ।

प्रचण्डको घरधनीका रुपमा रहेका ठेकेदारले पनि समयमा काम नगरेको भनेर टिप्पणी आए पछि थापाले यस्तो बताएका हुन् । उनी आफैले प्रचण्डका घरधनीको उदाहरण दिंदै कारवाही हुने बताए ।‘घरधनी होस्, सांसद होस् वा ठूलै नेता किन नहोस्, कानुन मान्दैन, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’

थापाले भने “सबै ठेकेदार घरधनी नै हुन् । को घरघनी के गर्छन् । सांसद् पनि ठेकेदार होलान् । तर त्यसो भनेर उम्कन पाइँदैन । यो राज्यको अभियान हो । जसले समयमा काम पूरा गर्दैन । राज्यको कानुनको उल्लंघन गर्छन् भने राज्यले त्यसलाई अपराध मान्छ । त्यसलाई कारबाही गर्नुपर्छ ।