Logo

धादिङमा गुन्डाहरुको भिडन्त ,घाइतेलाई हेलिकप्टर् बाट काठमाडौं ल्याइयो

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं १ री मा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्। युवाहरुबीच आपसी विवादमा खुकुरी प्रहार भएपछि नेत्रावती गाउँपालिकास्थित कटुन्जेका २२ वर्षीय सञ्जय तामाङ सख्त घाइते भएका छन्। घाइते तामाङलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। घाइतेको टिचिङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

बुधबार बाटो निर्माण भइरहेको ठाउँमा स्थानीय जम्मा भइरहेको बेला भनाभन हुँदा खुकुरी प्रहार भएको स्थानीयले बताएका छन्। खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए। ‘फायरिङ गरी खुकुरी प्रहार गरेको हुनसक्ने हामीले अनुमान गरेका छौ’, बिकले भने।

घटनास्थल जिल्लाको विकट उत्तरी क्षेत्रमा पर्दछ। घटनास्थलमा पुग्न दार्खाको प्रहरी चौकीबाट ४ घण्टा पैदल हिँड्नु पर्छ।

प्रतिक्रिया दिनुहोस्