Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 256

प्रमको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाइने तयारी


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 29

चितवन – दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा एक जोडी गैँडा हस्तान्तरण गर्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले दुई जोडी गैँडा नियन्त्रणमा लिएर सौराहामा बुमामा राखिएको जनाउँदै सकेसम्म प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हस्तान्तरण गरिने तयारी गरिएको बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले चीनका अधिकारीलाई जहाजको ढोकाको आकार र प्राविधिक टोली पठाउन ताकेता गरिएको बताउँदै चितवन राष्ट्रिय निकुञ्जले खोरका लागि आवश्यक काठ तयार गरेर राखेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल पिट बुमामा राखिएका गैँडालाई खुला बुमामा राखेर परीक्षण गर्न थालिएको छ ।

साइटिसको नियमानुसार एक वर्षमा एक जोडी वन्यजन्तु मात्रै अरु देशमा पठाउनुपर्ने हुन्छ । एक जोडी प्रधानमन्त्रीको भ्रमणका क्रममा र अर्काे एक जोडी साउन लागेपछि पठाउने तयारी गरिएको छ ।