Logo

सारालाई लिएर हैदरबाद पुगे रणवीर

एजेन्सी – रोहित शेट्टीको एक्शन कमेडी फिल्म ‘सिम्बा’को सुटिङको लागि अभिनेता रणवीर सिंह र अभिनेत्री सारा अली खान हैदरबाद पुगेका छन् । यी दुवै मुम्बईबाट जुन ५ तारिखका दिन हैदरवादको लागि निस्केका थिए । यो फिल्मको सुटिङ आजबाट सुरु भएको छ ।

‘सिम्बा’को सुटिङ हैदरबादको रामैजी सिटीमा हुँदैछ । यसै फिल्मबाट रणवीर र सारा अली खान ठुलो पर्दामा आउँदैछन् । रोहित शेट्टीसँग रणवीरको यो पहिलो प्रोजेक्ट हो ।

यसै फिल्मको लागि रणवीर र सारा सँगै मुम्बई एयरपोर्टबाट हैदरवाद सवार भएका थिए । जहाँ रणवीरले कालो कलरको ज्याकेट र जिन्स पहिरनमा देखिएका थिए । त्यस्तै सारा भने सेतो रंगको सुटमा देखिएकी थिईन् । यो फिल्मलाई रोहित शेट्टीले निर्देशन गरिरहेका छन् । त्यस्तै फिल्मलाई करण जोहरले निर्माण गर्दैछन् । यसै फिल्मको लागि रणवीर र साराले दुई महिनासम्म सुटिङ गर्नेछन् ।

समाचारमा आएअनुसार यो फिल्ममा अजय देवगन स्पेशल अपियरेन्स दिनसक्नेछन् । पद्मावत फिल्मको सुटिङ सकेसँगै रणवीर सिंहले जोया अख्तारको साथमा फिल्म ‘गल्ली व्वई’को सुटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्