Logo

रेशमलाल चौधरीको रिहाइका लागि राजपाले फेरी सरकारलाइ दबाब दिने

सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाई गर्न राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दबाब दिन सुरु गरेको छ । सांसद चौंधरीको रिहा गरी सपथको व्यवस्था गर्न राजपाले फेरी पनि सरकारलाई दबाब दिएको हो । पार्टीका नेता राजकिशोर यादवका अनुसार चौधरीलाइ रिहाइको लागि राजपाले दबाब दिने भएको हो ।

पार्टीको आज बसेको अध्यक्ष मण्डल बैठकले ज्यान मार्ने अभियोग अन्तरगत जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका सांसद चौधरीलाई तत्काल रिहा गर्न सरकारलाई दवाव दिएको हो ।

टीकापुर घटनाको आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको झूटा मुद्दा तत्काल फिर्ता गर्न पनि राष्ट्रिय जनता पार्टी नेपालले सरकारको गम्भिर ध्यानाकर्षण गराएको नेता यादवले जानकारी दिए ।

बैठकमा संविधान संशोधन कहिले गर्ने भनि सरकारको आधिकारिक धारणा माग गर्ने विषयमा पनि छलफल भएको छ । संसदीय दलको नेता चयन गर्ने प्रस्तावसहित दलको विधानका विषयमा पनि छलफल सुरु गरिएको नेता यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्