Logo

विज्ञानको अर्को चमत्कार! वैज्ञानिकले गरे हालसम्मकै ठूलो खुलासा

एजेन्सी – विश्वका कुना कुनामा बसेका वैज्ञानिक हरेक समय केही न केही खोजी गरिरहेका हुन्छन्। वैज्ञानिकको सबै मिशनमा एउटा सबैभन्दा ठूलो मिशन के हो भने पृथ्वी बाहेक यस्ता अन्य कति ग्रह छन् जहाँ जीवन संभव हुन्छ? यही खोजमा वैज्ञानिकलाई एउटा यस्तो ग्रहको बारेमा जानकारी प्राप्त भएको छ,  जुन बृहस्पति ग्रहभन्दा करिव १.४ गुना ठूलो छ।

वैज्ञानिकहरुका अनुसार यो ग्रहमा जीवनकालागि आवश्यक कयौं जरुरत चिजको पनि पत्ता लागेको छ। यद्यपी यो ग्रह कम घनत्व भएको छ। विज्ञानिकले तत्काल यो ग्रहलाई एक्सो प्लानेट (बाहिरी ग्रह) को नाम दिएका छन्।  जसमा पानीसँगै अन्य कयौं उपयोगी धातु जस्तै सोडियम, पोटासियम र लिथियम रहेको पुष्टि गरेका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार बाहिरी ग्रहमा भेटिएका धातु र पानी भएको प्रमाम मिल्नुले जीवनको पमाणकालागि आशाको किरणतर्फ संकेत गर्छ। यो बाहिरी ग्रहको नाम डब्ल्यूएएसपी–१२७बी हो जुन पृथ्वीभन्दा २८ गुना ठूलो छ। वैज्ञानिकका अनुसार यो ग्रहमा २० प्रतिशत मात्रै घनत्व छ। जबकि बाँकीको बनावट ग्यासबाट भएको छ। डब्ल्यूएएसपी–१२७बीको जानकारी दुई संस्थाको सहयोगबाट प्राप्त गरिएको छ। जसमा क्यमम्ब्रिज विश्वविद्यालय र स्पेनको अर्को विश्वविद्यालय  शामेल छन्।

वैज्ञानिकले यो बाहिरी ग्रहमा भेटिएको सोडियम र पोटासियमको उपस्थितिको उक्त ग्रहमा निकै वायुमण्डल भएको पुष्टि भएको जनाएका छन्। जसका कारण यो ग्रहमा जीवनको संभावना धेरै छ। यसबाहेक डब्ल्यूएएसपी–१२७बी एउटा तारालाई चारैतर्फबाट परिक्रमा पनि गरिरहेको छ। जहाँ लिभियमको उपस्थिति साधारणभन्दा धेरै छ। डब्ल्यूएएसपी–१२७बी मा  लिथियमको सही उपस्थितिको जानकारी प्राप्त गर्नु निकै आवश्यक छ। किनभने त्यसबाट यसको बनावटको सटिक प्रक्रिया थाहा हुन्छ।

यी सबै कुराले उक्त ग्रहमा एलियन्स पनि हुन सक्ने संकेत गरेको छ। एक रिपोर्टका अनुसार २०२० सम्म जेम्स वेब नामको स्पेट टेलीस्कोप बनाएर  तयार हुन्छ। जेम्स वेबलाई विश्वको सबैभन्दा शक्तिशाली स्पेस टेलीस्कोप भएको बताइएको छ। जो २०२०  सम्मका बाहिरी ग्रहको सबै महत्वपूर्ण जानकारी उपब्ध गराउन सहयोग गर्छ। नासासँगै युरोपियन स्पेस एजेन्सी संयुक्त रुपमा जेम्स वेबको निर्माण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्