फुटबलका यि क्रेजी फ्यान जसले विश्वकपमा जर्मनीको समर्थन गर्न बेचे आफ्नो सबै सम्पति
Published :
7 June, 2018 12:55 pm
By :
appharu
On :
समाज
फिफा विश्वकप सन् २०१८ सुरु हुन अघि बंगलादेशका एक फुटबल समर्थक किशानले ५।५ किलोमिटर लामो जर्मनीको झण्डा घरमा नै बनाएका छन् । ००६ को विश्वकप देखि जर्मनीको समर्थन गर्दै आएका अम्जाद हुसेन ले २००६ देखी नै जर्मनीले विश्वकपको आयोजना गर्दा देखि उनले कालो, रातो र पहेंलो रंगको कपडा जोड्दै आएका हुन् ।हरेक विश्वकपमा उनले जर्मनीको झण्डाको आकार बढाउंदै आएका छन् ।यसपटक को विश्वकप सुरु हुन अघि भने उनले सो झण्डालाई अझ ठुलो बनाउन चाहिने कपडा खरिद गर्न आफ्नो जग्गा समेत बिक्री गर्न परेको बताइएको छ ।६९ बर्षिय अम्जादले बंगलादेशको मगुरामा सयौं जर्मनी समर्थक र अन्य फुटबल समर्थकको अगाडि बिद्यार्थीको सहयोगमा सो झण्डा अनावरण गरेका हुन् ।झण्डाकै लागी उनले आफ्नो सम्पत्ति बेच्न परेको बताइएको छ ।म्जादको जर्मनीप्रति को समर्थनलाई प्रशंसा गर्दा २०१४ मा उनलाई जर्मनीको राष्ट्रिय टोलीको आजीवन सदस्य समेत बनाइएको थियो ।