Logo

प्रचण्डका घरबेटी पनि कारबाहीको सिफारिसमा

केहि दिन देखि चर्चामा आएको प्रचण्डको घरबेटी पनि कारबाहीको सिफारिसमा परेका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले समयमै निर्माण सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कारबाहीको लागि सिरफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लामा रहेको नौ वटा आयोजनामध्ये समयमै निर्माण सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कारबाहीका लागि गृहमन्त्रालय पठाएको जानकारी दिनुभयो ।

गृहमन्त्रालय पठाएकामध्ये सबधन्दा ठूलो र लामो समयसम्म अटेर गरेर निर्माण कार्य अलपत्र पारेको भक्तपुर–नगरकोट सडकको शैलुङ कन्ट्रक्सनका शारदा अधिकारी परेका छन् । विगत पाँचवर्षदेखि निर्माण कार्य अलपत्र पारेको भन्दै छिटो काम सक्न स्थानीय पटक–पटक डेलिगेसन समेत गएका थिए ।

कमलविनायक-नगरकोट १६ किलोमिटर सडक भारतको एक्जिम बैंकको २८ करोड रुपैयाँ आर्थिक सहयोग निर्माण सुरु भएको सडक हो । २०७१ जेठमा सडक निर्माण कार्य सुरु गरी २०७३ को असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि सम्र्झौता भएको तीन वर्षसम्म काम नै सुरु नगरी पेश्की रकम अपचलन गर्दै अधिकारीले पटक–पटक निर्माण सम्पन्न गर्ने म्याद थप गर्दै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरधनी समेत रहेका शारदा अधिकारीसँग जिल्ला प्रशासन कार्यालय भक्तपुर र स्थानीय बासिन्दाबीच पटक पटक सड्क निर्माण छिटो गर्न आग्रह एवं छलफल गर्दा पनि अटेर गर्दै आएका थिए । स्थानीयले अहिले अधिकारीलाई कारबाही गर्न माग गर्दै आएका छन् ।

त्यसैगरी प्रशासनले प्रशासनका अनुसार भक्तपुरको सूर्यविनायक –७, गुण्डुका निर्माण व्यवसायी दिपक रानामगरको लोहनी एण्ड ब्रदर्स् लालीगुराँस निर्माण सेवा जेभीले निर्माण स्म्झौता गरेको कमलविनायक भत्केपाटी सडक योजना, पेप्सीकोला सल्लाघारी भक्तपुर नगरकोट व्यासी सल्लाघारी सडक र चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण समय मै पूरा नगरेको भन्दै कारबाहीको सिफारिस गरेको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले सुनौला खिम्ती कन्ट्रक्सनका भीमसेन भण्डारी, काठमाडौंको धापाखेलस्थित शाह इञ्जिनियरिङ कन्ट्रक्सन प्रालिका सञ्जीव शाह, लामा विल्डर्स्साल्पा शेर्पा, श्री वर्ल्ड वाइड विष्णु जेभी काठमाडौंका विष्णु लामा र जयबाबा गोरखा जेभीका श्यामकुमार श्रेष्ठलाई कारबाही सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्