Logo

जेलमुक्त भएपछि पहिलोपटक गृहजिल्ला पुगेका ढुंंगेलले भने, ‘बाँकी जीवन जनताको सेवामा खर्चिन्छु’

ओखलढुंगा – ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा जेल जिवन बिताएका पूर्व सांसद बालकृष्ण ढुंगेल जेलमुक्त भएपछि पहिलो पटक गृहजिल्ला आएका छन् । १० बर्षे द्वन्दकालीन मुद्धामा अदालतले दोषी ठहर गरेपछि जेल परेका ढुंगेललाई सरकारले गणनन्त्र दिवसका दिन जेठ १५ गते रिहाई गरेको थियो । रिहाईपछि पहिलो पटक उनी ओखलढुंगा आईपुगेका हुन् । उनलाई जिल्लाका जनता तथा कार्यकताहरुले ठाउँठाउमा फुलमाला लगाएर स्वागत गरेका छन् ।

बिहीबार उनकै स्वागतका लागी वामपन्थी युवा मञ्चले सदरमुकाममा आयोजना गरेको कार्यक्रममा ढुंगेलले अबको बाँकी जीवन जनताको सेवामा खचिर्र्ने बताएका छन् । उनले २०६४ सालमा आफु ओखलढुंगाको क्षेत्र नम्बर २ बाट सभासदमा निर्वाचित भएपछि जिल्लाको बिकास र रुपान्तरणका लागि चालेका कदमहरुलाई पुनः निरञ्तरता दिने बताएका छन् । ढुंगेलले जिल्लाको बिकाशका लागी पहिलो प्रथा गरिबी उन्मुलनका लागि अनिकाल मुक्त चुलो अभियान चलाउने उद्घोष गरेका छन् ।

ढुंगेलले समृद्धि जिल्लाका लागि नागरिक र सरोकारवाला व्यक्तिहरु चनाखो बन्नुपर्ने बताए । स्थानीय कै लगानीमा विद्युत उत्पादन सहितका दिर्घकालीन कार्यक्रमहरु ल्याउन आफुले पहल गर्ने प्रतिबद्धता समेत जनाए । उनले आफुलाई वर्तमान सरकारले आफुलाई न्याय गरेको नभई थप अन्याय गरेको प्रक्रिया दिए ।

ढुंगेललाई अबको एक साता जिल्ला भ्रमण गराईने वामपन्थी युवा मञ्चले जनाएको छ । भ्रमणका क्रममा ठाउँ ठाँउका स्थानीयले उनको स्वागत गर्ने कार्यक्रम रहेको वामपन्थी युवा मञ्चका अध्यक्ष रुपेश शाक्यले बताए । शाक्यका अनुसार पूर्वी सिमानाबाट जिल्ला प्रवेश गरेका ढुंगेल जिल्लाबासीसँग भेट गरि जिल्लाको पश्चिमी क्षेत्र पोकली स्थित जन्मघरमा पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्