Logo

प्रकृतिले आफ्नो बनाएको ‘भूत गाउँ’

चीनको हउटुवान गाउँ कुनै समय माझि बस्तीको रुपमा परिचित थियो । शेङशन आइल्याण्डमा रहेको त्यो गाउँ अहिले प्रकृतिले नै कब्जा गरेको छ । ‘भूत गाउँ’को रुपमा परिचित त्यो गाउँ सन् १९९० देखि प्रकृति आफैले सिंगारेको छ । सन् १९९० पछि त्यहाँका नागरिक खानाको अभाव हुनथालेपछि गाउँ छाडेर शहर पसेका थिए । त्यो गाउँ चीनको संघाइ प्रान्तमा पर्छ ।

अहिले केही नागरिक मात्र त्यहाँ बस्ने गरेका छन् । सन् १९९० भन्दा पहिले त्यहाँ झण्डै २००० माझिहरुको बसोबास थियो ।

त्यो सबै गाउँ प्रकृतिले कब्जा गर्न नसक्नुको कारण अरु केही नभएर पर्यटकहरुको आगमन नै रहेको छ । त्यो गाउँ हेर्नकै लागि ठूलो संख्यामा पर्यटकहरु त्यहाँ जाने गरेका छन् ।

हाउटुवान सन् १९५० मा स्थापना भएको र १० वर्षकै समयमा समुन्द्रकै कारण समृद्ध भएको थियो ।

माछा मार्नका लागि बनाइएको जहाज वा डुंगा राख्ने ठाउँ साँगुरो भएकै कारण त्यहाँबाट डुंगा र जहाजहरु अन्तै लैजानुपर्ने भएको थियो । त्यसपछि त्यहाँका माझिहरुको बसोबास पनि सरेको थियो ।

अहिले त्यहाँ घरहरु रहे पनि ती घरहरुलाई प्रकृतिले आफ्नै तरिकाले सिंगारेको छ । घरमा बोटबिरुवा तथा लहराहरु झाँगिएका छन् ।

चीनमा आएको आर्थिक र सामाजिक परिवर्तनसँगै हाउटुवान जस्ता धेरै गाउँहरु लोप भएको बताइएको छ ।

–एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्