Logo

नवौं कोरियन भाषा परीक्षा आज देखि, ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने

काठमाडौं – नवौं कोरियन भाषा परीक्षा आज शनिबार र भोलि आइतबार हुने भएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

परीक्षाका लागि ललितपुर, काठमाडौं र पोखरामा गरि २८ वटा केन्द्र तोकिएको छ ।

परीक्षा दुई चरणमा हुनेछ । बिहान १० बजेदेखि पहिलो चरण र दिउँसाे २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुनेछ । पहिलो चरणकाे परीक्षा दिन ८ बजे नै पुगिसक्नु पर्ने छ । दोस्रो चरणमा परिक्षा दिने परीक्षार्थी १२ बजेसम्मा परिक्षा केन्द्र पुगिसक्नु पर्नेछ ।

परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने इपिएस कोरिया शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्