Logo

संसदमा प्रश्न- ‘प्रचण्डले अाफ्ना घरबेटी ठेकेदारलार्इ कारबाही नगर्न भनेकाे हाे कि हाेइन ?’

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अाफ्ना घरबेटी ठेकेदारमाथि कारबाही नगर्न दिएकाे दबाबबारे संसदमा प्रश्न उठेको छ।

समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार (निर्माण व्यवसायी)हरुलाई कारबाही गर्ने अभियान चलाइरहेका गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डले शैलुङ कन्स्ट्रक्सनका मालिक शारदा अधिकारीलार्इ कारबाही नगर्न दबाब दिएकाे यसअघि समाचारमा अाएकाे थियाे ।

अाज (अाइतबार)काे संसद बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले उक्त दबाबबारे सत्य के हाे भनी प्रश्न गरे । व्यवसायी अधिकारी अध्यक्ष प्रचण्डका घरबेटी समेत रहेकाे बताइन्छ ।

सांसद सुवालले भने, ‘गृहमन्त्रीज्युले कारबाही गर्ने कुरा उठाउँदा नेकपा अध्यक्ष प्रचण्डज्युले निज शैलुङ कन्स्ट्रक्सनका मालिक शारदा अधिकारीलार्इ कारबाही नगर्नू भनेर आदेश दिएको समाचार आएकोले सत्यतथ्य केहाे, सदनलाई जानकारी दिनु आवश्यक छ ।’

ठेकेदार अधिकारीले भक्तपुरकाे कमलविनायक–नगरकोट सडकखण्डकाे निर्माणकाे जिम्मा लिएर समयमै काम सम्पन्न नगरेकाे भन्दै उनकाे नाम गृह मन्त्रालयमा पठाइएकाे थियाे । जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा सञ्चालित ९ आयोजनाकाे समयमै काम नगरेकाे भन्दै ६ निर्माण व्यवसायीकाे नाम मन्त्रालयमा पठाएकाे बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्