Logo

दस हजारमा ड्राइभिङ लाइसेन्स ! कर्मचारीको सेटिङमा यसरी गरिन्छ बदमाशी (भिडियोसहित)

काठमाडौँ: यातायात व्यवस्था कार्यालय भक्तपुरमा ड्राइभिङ लाइसेन्स कर्मचारीकै मिलेमतोमा किनबेच भइरहेको खुलेको छ । ड्राइभिङ लाइसेन्स जाँचमा सहभागी हुनेले १० हजार रुपैयाँ तिरेपछि सजिलै पास हुने गरेका पाइएको छ।

यातायात व्यवस्था विभागको भक्तपुरस्थित कार्यालयमा हुने गरेको लाइसेन्स किनबेचबारे एपी वानको कार्यक्रममा ‘सिस्टम चेक’ले ३ महिना लामो अनुसन्धानपछि धेरै कुरा बाहिर ल्याएको छ ।

सिस्टम चेक टिमलाई पैसा तिरेपछि सजिलै लाइसेन्स पाइने कुरा धेरैजनाले जानकारी गराएपछि यसबारे अनुसन्धान थालिएको थियो । एपी वान टेलिभिजन को कार्यक्रम सिस्टम चेकको टिम आफैँ लाइसेन्सको निवेदक बनेर गएपछि यातायात व्यवस्था कार्यालयका धेरै विकृति एकसाथ उदांगिएका छन् ।

एपी वानको टोली ग्राहक बनेर पुगेपछि त्यहाँ के भयो ?

भिडियो हेर्नुस् ।

FACEBOOK TWITTER GOOGLE+ LINKEDIN TUMBLR PINTEREST MAIL

प्रतिक्रिया दिनुहोस्