Logo

सुन तस्करी प्रकरणका प्रमुख अभियुक्तहरु चुडामणि उप्रेती,भुजुङ गुरुङ र छिरिङ वांगेललाई काठमाडौं ल्याइदै

मोरङ । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्तहरु गोरे भनिने चुडामणि उप्रेती, भुजुङ गुरुङ र डेविड भनिने छिरिङ वाङगेल घले गुरुङलाई काठमाडौं ल्याइने भएको छ ।

उनीहरुमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान र छानबिन प्रक्रिया अघि बढाउने भएकोले काठमाडौं लैजान लागिएको हो । सम्पत्ति शुद्धीकरण विभागले उनीहरुलाई राजधानी काठमाण्डौ लैजान आइतवार मोरङ जिल्ला अदालत संग अनुमति माग गरेको छ । विभागको पत्र अनुसार उनीहरुलाई केही दिनका लागि राजधानी काठमाडौ लैजान अदालतले अनुमति दिएको मोरङ जिल्ला अदालतले जनाएको छ ।

उनीहरु पुर्पक्षका लागि थुनामा रहेका छन् । गोरे र छिरिङ मोरङ कारागारमा रहेका छन् भने भुजुङ गुरुङ सुनसरीको झुम्का स्थित क्षेत्रीय कारागारमा रहेका छन् । उनीहरुलाई सोमवार राजधानी लगिने मोरङ प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्