कसले बेहोर्ने छ ट्रम्प र किमको वार्ताका लागि खर्च हुने झण्डै २ अर्ब ?


काठमाडौँ । अमेरिकासँग हुन लागेको शिखर वार्ताको दुई दिन अघि नै उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् ।
एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका छन् । किन र उनी नेतृत्वको प्रतिनिधिमण्डल सेन्ट रेगिस होटलमा बस्ने छन् । त्यस्तै, अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प पनि क्यानाडामा भएको ‘जी–सेभेन’ बैठकबाट सिंगापुरका लागि प्रस्थान गरेका छन् ।

ट्रम्प पनि निर्धारितभन्दा एक दिन अघि नै आज अबेरसम्म सिंगापुर पुग्ने छन् । यसअघि ट्रम्प सोमबार मात्र सिंगापुर पुग्ने भनिएको थियो । मंगलबार नेता किम र राष्ट्रपति ट्रम्पबीच वार्ता हुँदैछ । राष्ट्रपति ट्रम्पले किमसँगको भेटलाई एक पटकको अवसरको रुपमा अथ्र्याउँदै ट्वीटरमा ‘यो मौकालाई उनले खेर दिन जाने छैनन्’ भनेका छन् । उनीहरुबीच शिखर वार्ता अघिसमेत भेटवार्ता हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । ट्रम्प र किमको वार्ताका लागि खर्च हुने झण्डै २ अर्ब क्षेत्रीय शान्तिका लागि सिंगापुरले नै बेहोर्ने त्यहाँका प्रधानमन्त्री ली सेन लोङले जनाएका छन् ।