Logo

कानूनको धज्जी उडाउँदै जनप्रतिनिधिकै सेटिंगमा चुरे क्षेत्रबाट बालुवा-गिट्टी तस्करी

धनुषा – धनुषामा राज्य निकायकै तथा जनप्रतिनिधिकै सेटिंगमा चुरे क्षेत्रबाट अवैध रुपमा ग्राभेल तथा बालुवा गिट्टी तस्करी भईरहेको छ । सरकारीको ऐन कानूनलाई धज्जी उडाउँदै धनुषाको चुरे तथा नदिबाट धामधम अवैधरुपमा ग्राभेल तथा ढुंगा उत्खनन् गरी चोरी निकासी हुँदा आसपासका जनता चिन्तीत बनेका छन् ।

प्राकृतिक स्रोत साधनको उत्खनन तथा प्रयोजनका लागि सम्बन्धित निकायबाट अनुमति लिनु पर्ने कानूनी प्रावधान छ । तर, यसलाई धनुषामा धज्जी उडाइएको छ । धनुषाको उत्तरी क्षेत्र पुष्पवलपुर, गोदार, पोर्ताहा, बेंगाडाबर, नक्टाझिझ, विरेन्द्रबजार, तुल्सी राष्ट्रपति चुरे संरक्षण क्षेत्र अन्तर्गत पर्दछ । यी क्षेत्रमा ढुंंगै ढुंगा भएको जग्गाबाट ग्राभेल बेचेर मालामाल बन्ने गिरोह यतिबलेला सक्रिय छ । चोरी तस्करीले केन्द्र सरकार तथा प्रदेश सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ ।

सरकारले चुरे क्षेत्रबाट ग्राभेल, ढुंगा, बालुवा उत्खनन्मा रोक लगाएको छ । यद्यपी, धनुषाको गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका र क्षिरेश्वनाथ नगरपालिका सहितका चुरे क्षेत्रबाट अवैध रुपमा ग्राभेल तथा बालुवा गिट्टी उत्खनन् भईरहँदा पनि राज्य संयन्त्रले रोक्न खासै चासो नराखेको मिथिला नगरपालिका वडा नं.८ का अध्यक्ष देवनारायण महतो बताउँछन् ।

ठेकेदारहरुले डोजर र स्काभेटर प्रायोग गरेर ग्राभेल निकाल्ने र ट्रिफरबाट ओसार्ने काम गरिरहेका छन् । यसबाट चुरे क्षेत्र थप जोखिममा परेको छ । तरपनि राज्यको आँखा नपुग्दा जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव यादव चिन्ता व्यक्त गर्छन् ।

धनुषा क्षेत्रबाट दैनिक सय भन्दा बढि ट्रिफर ग्राभेल बाहिरिरहेको छ । यद्यपी, रोक्न कसैले चासो दिएको छैन् । ठेकेदारले एक ट्रिफर ग्राभेल दुई हजार देखि १५ हजार सम्मका दरले विक्री गर्दै आएका छन् ।

धनुषामा प्रमुख जिल्ला अधिकारीको रुपमा दीपिल कुमार चापागाईं आए देखि नै चुरे क्षेत्र तथा नदि किनारमा खानी नै संचालन गरी अवैध ग्राभेल उत्खनन् फस्टाएको स्थानीयहरुको टिप्पणी छ ।

राज्य निकाय र ठेकेदारको मिलोमतोका कारण चुरे क्षेत्र विनाश हुँदै गएको छ । समयमै चुरे क्षेत्र भित्रको अवैध उत्खन्न तथा चोरी निकासी नरोकिए तराई मरभूमिमा परिणत हुने निश्चित रहेको जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दिपक झा बताउँछन् ।

नेपाल सरकारले अर्वौं लगानी गरेर चुरे क्षेत्र सरंक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको समयमा नगरपालिका र जिल्ला प्रशासन कार्यालयको मिलोमतोमा चुरे क्षेत्र दोहान काम जारी रहँदा कार्यक्रम प्रभावहिन बनेको छ । भने, अर्को तर्फ राजश्व समेत छलि भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्