Logo

अारजूलार्इ अन्तरघात गरेकाे भन्दै २० कांग्रेसी कार्यकर्तामाथि कारबाही

धनगढी – गत वर्षकाे प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई अन्तरघात गरेको आरोपमा कांग्रेस कैलाली–५ को क्षेत्रीय कार्यसमितिले पूर्वसांसद पुष्करनाथ ओझासहित २० कार्यकर्तामाथि कारबाही सिफारिस गरेको छ ।

गत निर्वाचनमा नेपाली कांग्रेसको पार्टीका तर्फबाट आधिकारिक उम्मेदवारविरुद्ध प्रचार गरी हराउन भूमिका निर्वाह गरेको दाबीसहित केन्द्रीय कार्यालयमा कारबाही माग गरिएको हो ।

यो निर्वाचन क्षेत्रमा कांग्रेस सभापति शेबहादुर देउवाकी पत्नी आरजु लडेकी थिइन् । आरजु तत्कालीन एमाले उम्मेदवार नारदमुनि रानासँग झन्डै ५ हजार मतान्तरले पराजित भएकी थिइन् ।

क्षेत्र नम्बर ५ का सभापति हरिश खड्का, सचिव भीम पडाल, धनगढी नगर सभापति नृपबहादुर वड, नगर सचिव यज्ञराज उपाध्याय तथा निर्वाचन परिचालन मूल समितिका वडा संयोजकहरूको प्रतिवेदनका आधारमा पूर्वसांसद ओझासहित महासमिति सदस्य, जिल्ला सचिव, वडा सदस्य र साधारण सदस्यसमेत २० जनामाथि कारबाहीको सिफारिस गरिएको सामाचार अाजकाे राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्