Logo

चुलिँदै व्यापार घाटा, महिनामै एक खर्ब घाटा

काठमाडौं – मुलुककाे व्यापार घाटा चुलिँदै गएकाे छ । चालू आर्थिक वर्षको १० महिनाको व्यापार घाटा गत अार्थिक वर्षभरिकाे भन्दा बढी देखिइसकेकाे छ। चालू आर्थिक वार्षको १० महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ, जुन गत वर्षभरको भन्दा झण्डै दुई अर्बले बढी हो। यसरी हिसाब लाउँदा प्रतिमहिना झण्डै एक खर्ब व्यापार घाटा हुने गरेकाे छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आव ०७४ ७५ को १० महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार मुलुकको व्यापार घाटा गत वर्षको सोही अवधिको भन्दा २२.९ प्रतिशतले बढेर नौ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको हाे । गत आर्थिक वर्ष ०७३/७४ को कुल व्यापार घाटा नौ खर्ब १७ अर्ब छ करोड रुपैयाँ रहेकाे अाजकाे नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्