काठमाडौं – एक अर्बभन्दा धेरै हुन्डीको कारोबार गर्ने सातजनालाई राजस्व अनुसन्धान विभागले २ करोड ४ लाख १० हजार रुपैयाँ धरौटी र बिगोमा छाडिदिएको छ । नयाँ पत्रिकाका अनुसार नेपाल ओभरसिज मार्केटिङका राहुलराय अग्रवाल, एलाइट बिजनेसका राजकुमार श्रेष्ठ, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरिया, सङतानी ट्रेडर्सका शिवकुमार स्याङतानी, रवीन्द्र चोखानीलाई धरौटी र विनिका सेल एन्ड साइन मार्केटिङका राजकुमार सिघान्ची र जगदीश राना सरियालाई साधारण तारेखमा छाडेकाे हाे ।
प्रतिक्रिया