Logo

भुँडी लागेका सेनाले अब पाउने छैनन् बढुवा र शान्ति मिसनकाे भाग

काठमाडौं – नेपाली सेनामा कार्यरत भुँडी लागेर माेटा भएका सैनिक अधिकारीहरुले अब बढुवा नपाउने भएका छन् । साथै उनीहरू यूएन शान्ति मिसनमा भाग लिनबाट समेत वञ्चित हुने भएका छन्।

मोटोपन र दुब्लोपना सीमाभन्दा बढी भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा रोकिने र शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत बञ्चित हुने नयाँ कार्यविधिमा उल्लेख छ ।

सैनिक मुख्यालयले सेनाकाे स्वास्थ्य वर्गीकरणसम्बन्धी नयाँ कार्यविधिमा तोकिएको मापदण्डविपरीत तौल भएमा त्यस्ता सैनिक अधिकारीहरूलार्इ बढुवा र शान्ति सेनामा राेक लगाउने भएकाे खबर अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्