Logo

सुन र चाँदीको आजको भाउ

काठमाडौं – आईतबारको तुलनामा सोमबार आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेको हो । आज सुन तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। हिजो प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्