कहिले काँही यो कार्यक्रमको प्रारुप, यसको प्रस्तुती र विषयहरुमा गरिने फलोअप र स्थलगतरुपमा पुगेर गरिने रिपोर्टिङका विषयमा प्रश्नहरु उठ्छन्, आलोचनाहरु हुन्छन्, टिप्पणीहरु गरिन्छन्, व्याख्याहरु गरिन्छन् । सयम समयमा विभिन्न कोणबाट कोही घुमाएर आर्टिकल लेख्छन्, कोही सामाजिक संजालमा अर्ती दिन्छन्, कोही अन्तरर्वाताहरुमा सुझाव दिन्छन् । सबको भनाई हुन्छ कि प्रहरी बन्न खोज्यो, न्यायाधिस बन्न खोज्यो ।
यी जिज्ञासा, प्रश्न आलोचना, सुझाव, टिप्पणी जे जे ज जसले गर्नुभएको छ म आज सबैलाई विनम्र्रपुर्वक स्पष्ट पार्ने अनुमति चाहान्छु । हामी प्रहरी, प्रशासन, अदालत कहिले पनि होइनौ, न कहिले हुने नै छौँ । यो कार्यक्रम पत्रकारीताको उत्कृष्ट अभ्यास पनि होइन ।
यो कार्यक्रम, प्रमाणसहित विकृतिको पर्दाफास गरिने कार्यक्रम हो । ठगीको सम्पुर्ण प्रमाणको अडियो, भिडियो देखाइसकेपछि त्यो जैरे वेवकुफलाई ठग भन्न कसको अनुमति लिनु पर्छ र ?
घुस खाने नम्वरी घुसियालाई रंगेहात पक्राउ गरिसकेपछि तपाईलाई सेवाग्राही सँग घुस लिन लाज सरम लाग्दैन भनेर सोध्न पत्रकारीताको कुन कुन किताब पढ्नु प¥यो, कुन आचारसहिंताको पालना गर्नु प¥यो ?
समस्यालाई चर्को रुपमा उठाउनु त्यसको फलोअप गरेको ग¥यै गरिरहनु र गोरु खटे जसरी अहोरात्र खटेर समाधान गराएरै छोड्नुलाई नेगेटिभ जर्नलिज्म भनिन्छ भने हे प्रिय विद्वानहरु यस्तो नेगेटिभ जर्नालिजम अर्को २÷४ वर्ष यसै गरी गर्न पाँऊ ।
प्रतिक्रिया