Logo

सुन तस्करी प्रकरण : बाजेको सेकुवामा शिलबन्दी

काठमाडौं – सुन तस्करी र सनम शाक्यको हत्याका बारेमा छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले आज बाजेको सेकुवा कर्नरमा छापा मारेको छ । काठमाडौंमा रहेको बाजेको सेकुवाका शाखामा समितिले छापा मारेर शिलबन्दी गरेको छ । ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेका बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी फरार छन् । उनीसहित सुन तस्करी गरेको र सनम शाक्यको हत्या गरेको आरोपमा ६३ जनामाथि मोरङ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । अधिकांश पक्राउ परे पनि भण्डारी भने अझै फरार छन् ।
टोलीले यसअघि आरके ज्वेलर्स र सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्