Logo

दिनेश डिसीलाई रवि लामिछानेको यस्तो जवाफ…(हेर्नुहोस् भिडियो)

काठमाडौँ – चर्चित पत्रकार रवि लामिछानेले निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले दिएको सल्लाहको जवाफ फर्काएका छन्। एक अन्तर्वार्तामा डिसीले लामिछानेलाई पुलिस वा वकिल नबन्न सल्लाह दिएका थिए।

उनले भनेका थिए -‘रवि लामिछानेले अपराधलाई नङ्गाएका छन्, खोजमूलक पत्रकारिता गरेका छन्। त्यो राम्रो हो। तर कहिलेकाहीं उनी पुलस वा वकिल बन्न खोज्छन्। त्यो काम पत्रकारिता भित्र पर्दैन’।

आफ्नो टेलीभिजन कार्यक्रमका बोल्दै लामिछानेले भने – ‘हामी प्रहरी, प्रशासन र अदालत कहिले पनि होइनौ न कहिले हुनेछौ। यो कार्यक्रम पत्रकारिताको उत्कृष्ट अभ्यास पनि होइन। यो कार्यक्रम प्रमाणसहित बिकृतिको पर्दाफास गर्न कार्यक्रम हो। ठगीको सम्पूर्ण प्रमाणको अडियो भिडियो देखाइसकेपछि त्यो व्यक्तिलाई ठग भन्न कसको अनुमति लिनु पर्छ’।

उनले अरु के भने ? थाहा पाउन भिडियो हेर्नुस् ।

प्रतिक्रिया दिनुहोस्