अछाम – शनिबार छाउगाेठमा सर्पले डसेर ज्यान गुमाएकी अछाम तुर्माखाद गाउँपालिका ४ जुया गाउँकी १८ वर्षीया पार्वती बुढाको शव अछाम प्रहरीले बुधबार उत्खनन् गरेको छ । सर्पले डसेर ज्यान गएपछि उनको शव आफन्तले गाडेका थिए । पोष्टमार्टम नै नगरी शव गाडिएकाले पोष्टमार्टम गर्नका लागि शव उत्खनन् गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश तण्डुकारले जानाकरी दिनुभयो ।
उहाँले भन्नुभयो ‘पोष्टमार्टम नगरीकनै शव गाडेको खबर हामीले पायौं र कानुनी प्रक्रिया पुर्याउन शव ल्याएका हौं ।’
‘प्रहरीले गाडेको पार्वतीको शव उत्खनन् गरेर जिल्ला अस्पतालमा ल्याइँदै गरेको छ । बाटोमा पानी परेको छ, यातायातको साधन छैन, रातिसम्म जिल्ला आइपुग्छ सबै काम सकेर भोली सम्म आफन्तको जिम्मा लाउछौं,’ तन्डुकारले थप्नुभयो,‘प्राकृतिक मृत्यु बाहेकका घट्नामा अनिवार्य पोष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था भएकाले शव ल्याएका हाैं, अन्यथा केही हैन ।’
महिनावारी भएका बेला शनिवार राती पार्वती र उहाँकी बहिनी छाउगोठमा सुतेको बेला उहाँलाई सर्पले डसेको थियो । पार्वतीको शव मंगलसनमा रहेको जिल्ला अस्पतालमा पोष्र्टमार्टम गरिने छ । सर्पले डसेपछि समयमै उपचार नपाउँदा उनको घटना स्थलमै ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।














प्रतिक्रिया