Logo

कपिलको सहरा बन्दै सलमान

मुम्बई – कमेडियन कपिल शर्मा यति बेला खराब दौरबाट गुज्रिरहेका छन् । तर, हालै मात्र कपिलले एक माइक्रोब्लगिङ साइटबाट खुलासा गरेका छन् कि उनी पहिलेको भन्दा राम्रो र धमाकेदार पुनरागमन गर्न लागिरहेका छन् ।

रिपोर्टका अनुसार सोहेल खानद्वारा निर्देशित प्रोजेक्टमा कपिल सलमानसँग देखिनसक्नेछन् । एक कमेडी शोमा निर्णायकको भूमिकामा रहँदा सोहेलले कपिलसँग ‘शेर खान’ चलचित्रमा कपिललाई सलमानसँग कास्ट गर्ने वाचा गरेका थिए । सलमानको चलचित्र शेर खानलाई उनको भाई सोहेलले निर्माण गर्दैछन् । यो चलचत्रिको चर्चा लामो समयदेखि भए पनि यो प्रोजेक्ट बीचमा नै रोकिएको थियो

तर, अहिले फेरि यो प्रोजेक्टलाई फेरि शुरु गर्ने तयारी हुँदैछ ।

सबैलाई हसाउने कपिल शर्मा यतिबेला लाइमलाइटबाट टाढा छन् । सोनी टिभीको शो फ्यामिली टाइम विद कपिल शर्माले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सकेन ।

यसबीच उनको टेप काण्ड सार्वजनिक भएपछि उनको शो बन्द गरियो ।

कपिलले कमेडी शोबाहेक ‘किस किसको प्यार करुँ,’ फिरंगी र एबिसिडी २ मा काम गरेका छन् ।

यता, सलमान आफ्नो चलचित्र रेस ३ को प्रोमोसनमा व्यवस्त छन् । यसबाहेक उनले भारत, दबङ ३, किक २ र शेर खानमा काम गरिरहेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्