Logo

साझा यातायातले गर्यो सेवा बिस्तार, अब करिब दर्जन बसले दिनेछन् हेटौंडाबासीलाई सेवा

मकवानपुर – हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट साझा यातायात बस सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिकासँगको समन्वयमा मकवानपुर साझा यातायात प्रालिले हेटौंडा बजार क्षेत्र र वरपरका क्षेत्रमा सञ्चालनमा रहेका अटो, मयुरीले यहाँका यात्रुहरुसँग बढी भाडा असुल गरेर हैरान बनाएपछि आजबाट औपचारिक रुपमा एउटै रंगका ११ वटा बस सञ्चालनमा ल्याएको हो ।

साना खालका अटो तथा मयुरीमा असुरक्षित तरिकाले यात्रा गरिरहेका यात्रुहरुको समस्यालाई मध्यनजर गरेर आरामदायी र सुरक्षित यात्राका लागि निजी कम्पनीसँगगको समन्वयमा बस सञ्चालनमा ल्याइएको हो ।

हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रमपछि मेयर हरिबहादुर महतजिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लाकेन्द्र श्रेष्ट, हेटौंडाका विभिन्न वडाका वडाध्यक्षलगायतलाई बसमा चढाएर मकवानपुर साझा यातायतको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्