Logo

डा देवकोटाको निधनबाट प्रधानमन्त्री स्तब्ध

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले आज साँझ ट्वीट गर्दै नेपालको स्वास्थ्य विज्ञान क्षेत्रमा डा देवकोटाले पु¥याउनुभएको योगदानलाई राष्ट्रले सदा स्मरण गरिरहने छ भन्नुभयो । यस दुःखद् घडीमा दिवंगत डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्