Logo

यी हुन् मिति गुज्रिएका खाद्यान्न बिक्री गर्ने पक्राउ परेका ७ व्यापारी (नामावलीसहित )

काठमाडौं – बजार अनुगमनका क्रममा पसलमा मूल्यसूची नराख्ने र उपभोग्य मिति सकिएका खाद्यान्न बिक्री गर्ने सातजना व्यापारीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार पक्राउ गरेको छ । पक्राउ परेका व्यापारीलाई काठमाडौं र ललितपुर प्रहरीको जिम्मा लगाइएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

यी हुन् पक्राउ परेका व्यापारी
१ सागर मानन्धर, पञ्च स्टोर, बालकुमारी
२ महेश तिमिल्सिना, तिमिल्सना किराना एन्ड खाद्य स्टोर, बालकुमारी
३ नरोत्तम फैजू, बंगलामुखी स्टोर, बालकुमारी
४ ध्रुवप्रसाद गुप्ता, शिवज्योति टे«डिङ
५ राजाराम तिवारी, भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर, कलंकी
६ सुरज श्रेष्ठ, सुरज स्टोर, जोरपाटी
७ नगेन्द्र पनेरू, रोसी सुपर मार्ट, गोंगबु

प्रतिक्रिया दिनुहोस्