Logo

रबि लामिछानेलाई अमेरिकाबाट प्रेम बानियाँको यस्तो सन्देश, धुर्मुस-सुन्तली र दिपकराज गिरीले के भने ?

काठमाडौँ – जनताको चासो, गुनासो र सरोकारका बारेमा प्रशारित नेपाली टेलिभिजन जगतकै चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’ का प्रस्तोता एवं चर्चित पत्रकार रबि लामिछाने फेरि एक पटक बिबादमा तानिएका छन् ।

न्युज ट्वान्टीफोर टेलिभिजनमा हरेक शनिबार, मंगलबार र बिहीबार प्रशारित हुने चर्चित कार्यक्रम “सिधा कुरा जनता संग” मा नेपाली जनताका गुनासाहरुलाई प्राथमिकताका साथ कार्यक्रममा प्रशारण हुँदै आएकाे छ। गलत प्रवृत्ति, गलत ब्यक्ती, भ्रष्टाचारी ठेकेदार, कर्मचारी र नेपाली चेलीबेटीहरुलाई बेच्ने दलालहरुका बारेमा निरन्तर खबरदारी गरिरहेका पत्रकार लामिछानेका विरुद्ध नभएका कुरा लागाएर केहि ब्यक्तीहरु हदैसम्म सक्रिय भएका छन् ।

केहि समय अगाडी अमेरिका पुगेका पूर्व चर्चित पत्रकार प्रेम बानियाँले सामाजिक संजाल फेसबुक मार्फत रबी लामिछानेका बारेमा यस्तो लेखेका छन्, पढ्नुस जस्ताको तस्तै-

“एउटा उल्कापात ! एउटा बज्र !! वा एउटा सकारात्मक बिध्वंश !! रबि लामिछानेलाई देशप्रवृति, पत्रकारिता प्रवृति र जीवनका धेरै अनुभव, लडाईंजुधाई र सत्यहरु सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि (मात्र केही समयको लागि) विदेसिएको पात्र हूँ म । आज रबिजी त्यही स्टुडियोबाट बोलिरहेका छन् जसका लागि एकएक इटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिंडेको हूँ म । आज रबिजी माथि आक्रमण गरिरहेका यिनै पिप्साहरुले हिजो मजस्ता धेरैधेरैलाई देश छोड्न बाध्य पारेका छन्, कति-कतिको के-के समाप्त पारेका छन् भनीसाध्य छैन र यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ !!! यो एक प्रकारको ‘ओपनसेक्रेट’ हो ।

उनीहरु भनिरहेका छन् ‘रबिले वर्कपरमिट लिएन, यसो गर्यो- त्यसो गर्यो, जेल हाल्नुपर्छ’ आदिआदि । तर, बिचराहरुलाई के थाहा रबिजीले अमेरिकाको नागरिकता वा पासपोर्ट नै अमेरिकी सरकारलाई बुझाएको कति भयो ? अनि त यति ढिलो आएर (पत्रकारहरु) ‘डेट एक्सपाएर्ड न्यूज’को खेती गरिरहेका छन् ! आज प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम हेर्न नभुल्नु होला र थाहा पाउनुहोला कि यो देशमा दुईचार दाना कुहिएका आलुहरुले सिंगै बोरालाई कसरी दुर्गन्धित बनाइरहेका छन् ? हरपल कुरा भइरहन्छ र भनिरहेको छु रबिजी, कुनै पनि समय, जीवनको कुनैपनि मूल्य चुकाएर देशको लागि परिवर्तनका जबर्जस्त अगुल्टाहरु भएर अघि बढ्नैपर्छ र हम्मेशा म तयार छु अब त हामी झन् तयार भएका छौं विश्वभरीबाट!!!”

साथै सिताराम कट्टेल, कुन्जना घिमिरे उर्फ धुर्मुस-सुन्तलीले समेत रबि लामिछानेको समर्थनमा यस्तो लेखेका छन्- “तिमी त्यो ज्योति हौ, अध्यारोमा प्रकाश् छर्न सक्छौं ! तिमी त्यो साहस हौ , लाखौं चटान पनि तोडन सक्छौ ! तिमी त्यो न्यायमुर्ती हौ , हजारौं चेलीको आंशु पुछन सक्छौ ! न्याय नपाएका हरुको वेदना बुझ्न सक्छौ! चोर , फटाहा र घुसखोरी हरुको रामलिला समाप्त पार्न सक्छौ! अब अझै तिम्रो यात्रा दरिलो बन्दै जान्छ, र जानू पर्छ! we are with u रबि दाइ!”

साथै चर्चित हास्य कलाकार दिपकराज गिरीले समेत लामिछानेलाई समर्थन गर्दै यस्तो लेखेका छन्- “सामान्य नागरिक जस्को कहिं पहूचं छैन केहि अप्ठेरो पर्यो भने रबि लामिछाने लाइ भेटन पाए हुन्थ्यो भनेको सुनेको छू… केहि भए पनि नभए पनि भरोसा त छ I m with rabi ji.”

नेपाली सिने नगरी चल्तिकी नायिका स्वेता खड्काले पनि रबि लामिछानेको समर्थन यस्तो लेखेकी छिन्-“यो बेला रबि लामिछानेको विरुद्ध र अर्जेन्टिना हार्छ भनी अनुमान लाउनु दुवै अरिंगालको गोलोमा ढुङ्गा हान्नु बराबर हो।”

नेपाल सरकारको गृह मन्त्रालयको अध्यागमन बिभागले असार ५ गते कार्यक्रम बन्द गर्ने उदेश्यले पत्र काटेको थियोे । देशमा राम्रो काम गर्नेहरूको हबिगत कि देश छोड्नुपर्छ कि ज्यान गुमाउनु पर्छ भन्दै सामाजिक संजालमा रबि लामिछानेको पक्षमा वकालत गर्नेहरूको संख्या धेरै देखिन्छ ।

साथै पत्रकार रबि लामिछानेले बुधबारकाे फेसबुक लाइभमा बिहीबार प्रशारण हुने “सिधा कुरा जनता” संग को बिशेष भाग हेर्न विशेष आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्