Logo

नाम्सकी छात्रा नेपालकै अब्बल विद्यार्थी भएको दावी

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षाको नतिजामा नेशनल मोडल साइन्स स्कुल (द नाम्स) कि छात्रा आरध्या ज्ञवाली अब्बल भएको दावी गरेका छन् ।

काठमाडौंको टोखा नगरपालिका वडा नं ९ गोंगबुमा रहेको द नाम्सकी आरध्या ज्ञवालीले जीपीए चार ल्याएर नेपालकै अब्बल विद्यार्थी भएको दावी विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद न्यौपानेले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्