Logo

प्रेमीसँग मिलेर श्रीमानको हत्या !

कैलाली – कैलालीमा मंगलबार एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छिन् । गोदावरी नगरपालिका–१० कैलालीकी लक्ष्मी बडालले श्रीमान तेजबहादुर बिष्टलाई भासुको भिरबाट खसालेर हत्या गरेको प्रहरीले जनाएको छ ।

बडाल र बिष्टबीच गएको वैशाख १६ गते  विवाह भएको थियो । परिवारले गएको वैशाखमा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का तेजबहादुर बिष्टसँग लक्ष्मीको मागी विवाह गरिदिएको थियो ।

गोदावरी नगरपालिका–१० कैलाली माइती भएकी लक्ष्मी बडालकाे तेजबहादुर बिष्टसँग विवाह हुनुभन्दा एकवर्ष पहिले देखि र गोदावरी–१२ खमौरा घर भएका दीपक खत्रीबीच प्रेम सम्बन्ध रहेको जनाइएको छ ।

नचाहेरै परिवारको दबाबमा अर्कै युवकसँग विवाह गर्नुपरेपछि लक्ष्मीले आफ्ना प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमानको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लक्ष्मीले घुम्न जाने बहानामा कैलालीको भासु भिरबाट खसालेर श्रीमानको हत्या गरेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयाे ।

लक्ष्मी र उनका प्रेमी भनिएका दीपक खत्रीले यहि असार ८ गते राति तेजबहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा लगेका थिए ।

भासु भिरमा पुर्याएर फलामे छडले टाउकोमा हानेर घाइते बनाएको र त्यसपछि बिष्टलाई उनी सवार म १ प ७४७७ नम्बरको मोटरसाइकलसहित भिरबाट खसालेको प्रहरी उपरीक्षक घिमिरले बताए ।

शवलार्इ  पोष्टमाटमका लागि सेती अञ्चल अस्पतालमा राखिएको र हत्यामा संलग्न दुवैजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्