Logo

नायक सलोन बस्नेत १७ वर्ष अघि र पछि….(भिडियो सहित)

काठमाडौँ । फिल्म ‘बाबु कान्छा’ को ट्रेलर रिलीज भएको छ । उक्त पिल्म अभिनेता सलोन बस्नेताको आफ्नै प्रोडक्सन हाउसले बनाएको हो ।

सलोनको आफ्नै बुवा शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेको फिल्ममा गौतम राज खड्काको सम्पादन रहेको छ । फिल्ममा टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ’कर्णवीर’ को ’चन्द्रमा झैँ राम्री छौ’ गीतलाई रिमिक्स गरेका छन् । अष्ट महर्जनको द्वन्द रहेको फिल्ममा  प्रेम, रोमान्स, कमेडी र सस्पेन्सका दृश्यहरु समावेश छन् ।

फिल्म बाबु कान्छा मा सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मलाई असार २९ गतेबाट प्रदर्शनको तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्