Logo

गुप्तचर अधिकृतबीच दरबारमार्गमा ‘ग्याङ फाइट’

काठमाडौं – दरबारमार्गस्थित रोयल साइनो रेस्टुँरामा आइतबार साँझ राष्ट्रिय अनुसन्धान विभाग ९राअवि० का अधिकृतहरुबीच ‘ग्याङ फाइट’ भएको छ । दुई समूहमा विभाजित अधिकृतहरुबीच मुक्का प्रहार र हात हालाहाल समेत भएको थियो । प्रहरी नायब उपरीक्षक ९डीएसपी० उप–अनुसन्धान निर्देशकबाट प्रहरी उपरीक्षक ९एसपी० सह–अनुसन्धान निर्देशकमा बढुवा हुने विषयमा दुई समूह ठूलै विवाद भएपछि हात हालाहालको स्थिति बनेको थियो ।

स्रोतका अनुसार उप–अनुसन्धान निर्देशकद्वय सुरेन्द्र कोइराला र टेकराज तिमल्सिनाको समूहबीच हात हालाहाल भएको थियो । आईतबार साँझको घटना हो’, स्रोतले भन्यो– ‘त्यो साँझ पनि सधैंझैं हाम्रो नियमित झमघट थियो, मादक पदार्थ सेवन गर्न थालेपछि सरहरुले बढुवाको कुरा निकाल्न थाल्नुभयो, बढुवामा तँभन्दा म नै योग्य छु भन्दै हात हालाहाल भएको हो ।’ यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्