Logo

यौन सम्बन्ध राख्न नमानेको भन्दै श्रीमती पिट्ने श्रीमान जेल चलान

भक्तपुर – आफूले चाहेको बेलामा यौन सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमती कुटपिट गर्ने श्रीमान जेल चलान भएका छन् । श्रीमती जयन्ती श्रेष्ठलाई गत पुस २६ गते घरमा स्टिलको पाइपले टाउकोमा पटक– पटक हानेर घाइते बनाउने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्न ३८ वर्षका सुमन श्रेष्ठ पुर्पक्षका लागि थुनामा गएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।

आफूले चाहेको बेलामा यौन सम्पर्क राख्न नदिएको भन्दै श्रीमतीमाथि परपुरुषको शंका गर्ने र यही कारणले पटक–पटक कुटपिट गर्दै आएको श्रेष्ठले प्रहरी र अदालतमा दिएको बयानमा उल्लेख गरेका छन् ।

२०६२ सालमा विवाह भई ८ वर्षकी छोरी सुनिधी र ६ वर्षको छोरा सफल जन्म भईसकेपछि पनि सुमनले माइत जाँदा वा अरु कोही व्यक्तिसँग बोल्दा पनि शंका गर्ने, बेला बेलामा कुटपिट गर्ने गरेको बयानमा उल्लेख छ ।

पुस २६ गते पनि जयन्तीले यौन सम्पर्क गर्न नदिएपछि सुमन आवेगमा आएर श्रीमतीलार्इ स्टीलको पाइपले टाउकोमा हानेर बेहोस बनाएर कोठामै छाडेर हिँडेपछि परिवारका अन्य सदस्यले जयन्तीलार्इ मध्यपुर अस्पताल लगेकाे प्रहरीले जनाएकाे छ । सुमनले पटक–पटक मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने गरेपछि जयन्तीका दाजू मनोज श्रेष्ठले सुमनलाई ज्यान मार्ने उद्योग अन्तर्गत प्रहरीमा जाहेरी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्