Logo

श्रीमानले छोडेर गए, छोरी अपाङ्ग भए, यि दिदीको आँसु अब कसले पुछिदिने ?

लमजुङ जिल्लाको गाउँसहरमा जन्मिनुभएकी शान्ता परियारको जिवनमा आएका कठिनाई सुन्दा पनि कहाली लाग्दा छन् । सानैमा लमजुङबाट पोखरा आएकी शान्ता साथीको लहैलहैमा लागेर एक जनाको प्रेममा परिन र घरजम भयो । घरजमपछि उनिहरु आआफ्ना काममा व्यस्त हुन्थे ।

३ छोरी र २ छोरा जन्माएका उनिहरुको जिवनमा विस्तारै असहज परिस्थितिको सृजना हुन थाल्यो । कारण उनका श्रीमान रक्सीले मातीदै घरमा आउने र झगडा गर्न थाले विस्तारै श्रीमानले वास्ता गर्न छाडे र शान्ताले नागरीकता बनाईदिन भनेपछि उनका श्रीमान उनि सहित ति कलिला ५ छोराछोरी छोडेर सम्पर्क विहिन भए । आजको दिनसम्म पनि उनको अत्तोपत्तो छैन ।४० वर्षिय शान्ताले २०÷२२ वर्ष संगै विताएर श्रीमानको साथ गुमाएको पनि १०÷१२ वर्ष भयो ।

यति मात्र कहाँ हो र उनलाई अर्को बज्रपात त के पर्यो भने उनकी एउटी छोरी न बोल्न सक्ने, न हिड्न सक्ने उनको जिन्दगी तिनै छोरीको सुसार गर्दै वितेको छ । न छोरीलाई अपाङ्गताको कार्ड बनाउन सकिन न आफ्नो नागरीकता । कथा र व्यथा उन्दा पनि कहाली लाग्दो छ । हेर्नुहोस यो भिडियो ।

प्रतिक्रिया दिनुहोस्