Logo

जीतपछि धरधरी रोईन् कविता नेपाली…(हेर्नुहोस भिडियो)

काठमाडौं, १९ साउन । सर्लाहीकी १८ वर्षीया कविता नेपालीले ‘बुगीवुगी’को उपाधी जितेकी छिन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि चुमेकी हुन् । सर्लाहीकी कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् । भिडियो सहित :-

यसैगरी फ्रस्ट रनरअप प्रगती पुन बनिन् । उनले ५ लाख रुपैयाँ जितेकी छिन् । भने सेकेन्ड रनरअप सरोज मोक्तान भए । भने उनले चार लाख नगद पाए । बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी थिए । तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए । त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन्।

प्रतिक्रिया दिनुहोस्