Logo

पूर्वसांसद द्धारा अमेरिका पठाइदिन्छु भन्दै २५ लाख ठगी

पूर्वसांसद मिठाराम विश्वकर्माले अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट लाखौं रुपैया ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागको हिरासतमा परेका छन्।नेपाली कांग्रेसबाट सांसद, पुनःस्थापनापछि अन्तरिम व्यवस्थापिका संसदको सदस्य बनेका विश्वकर्मा ४ हप्तादेखि वैदेशिक रोजगार विभागको हिरासतमा परेका हुन्।

विश्वकर्मा पर्वतका हुन्। उनीमाथि कुश्माका २ युवालाई अमेरिका पठाइदिन्छु भन्दै २५ लाखभन्दा बढी नगद ठगी गरेको आरोप लागेको छ ।पर्वतको कुश्मा नगरपालिका ८ चुवा स्थायी घर भएका विश्वकर्माले कुश्मा नगरपालिका ४ का सञ्जय जोशी र ५ का ज्ञानेन्द्रबहादुर जोशीसँग पटक पटक गरी रकम लिएको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले पक्राउ गरेको खबर सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्