Logo

फेरी आयो दुखको खबर प्रहरीको गाडीले स्कुटीलाई ठक्कर दिदा पंकजको मृत्यु

प्राप्त जानकारी आनुसार इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट एक सर्वसाधारणको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारेका २७ वर्षीय पंकज कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गको कन्काई नगरपालिका–१ दुर्गापुरमा सोमबार साँझ पश्चिमबाट मे ८ प १२२३ नम्बरको स्कुटीमा पूर्वतर्फ आइरहेका कोइरालालाई विपरीत दिशाबाट गइरहेको इलाका प्रहरी कन्काईको मे १ ज ५८६ नम्बरको गाडीले ठक्कर दिएको थियो ।प्रहरीको गाडीको ठक्करबाट घाइते भएका कोइरालालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा आज बिहान उहाँको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्