Logo

एलिसा र गम्भीर गंगादेबको प्रियतमा बने…(हेर्नुहोस् भिडियो)

गायक गंगादेब चौधरीको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । सन्जिब सिंहको शब्द तथा संगीत रहेको प्रियतमा बोलको गीतको भिडियोलाइ एसियन म्युजिकको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको हो । प्रविन श्रेष्ठले सम्पादन तथा निर्देशन गरेको भिडियोमा एलिसा राइ र गम्भीर बिस्टलाइ फिचर गरिएको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ गम्भीर बिस्टले कोरियोग्राफी गरेका छन् ।

झापा दमकमा जन्मिएका गंगादेब चौधरी चौधरी सानै देखि गीत संगीतमा रुचि राख्दथे संगीतमा १० बर्ष देखि निरन्तर सक्रिय चौधरीको एल्बम ‘प्रियतमा’ तयार भएको छ । उनले कलेजका विभिन्न कार्यक्रम तथा स्टेज शो हरुमा गाउने गर्दथे र विभिन्न रियालिटी शो हरुमा भाग लिएका चौधरी अब निरन्तर सांगेतमा लागि रहने बताउछन् ।

प्रतिक्रिया दिनुहोस्