Logo

गरिव छु, खानलाउन छैन, पढ्न सक्दिन, रेष्टिकेट गरिदिनुहोस् भनि पुजाले लेखिन यस्तो चिठ्ठी !…(भिडियो सहित)

काठमाडौं -‘सीधाकुरा जनतासँग’को आज २६६ औं एपिसोड हो । आजको यस विषेश एपिसोडमा पनि विभिन्न स्पेशल रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै लाइभ कार्यक्रममै फोन कल गरेर समस्याका समाधान खोज्ने प्रयास पनि गरिएको छ ।

आजको यस विषेश एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएका छन्ः

१. कार्यक्रमको आजको यस २६६ औं एपिसोडमा ‘गरिबीका कारण पढ्न नपाएको भन्दै पूजाले लेखिन् प्रधानाध्यापकलाई भावुक पत्र’ भन्ने शिर्षकमा रिपोर्ट प्रस्तुत गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएपछि म्याग्दीकी एक बालिकाले विद्यालयबाट आफ्नो नाम हटाउँदै निस्काशन गर्न प्रधानाध्यापकलाई पत्र लेखिन् । बेनी नगरपालिका–६ अर्थुङ्गे फोओठेकी १२ बर्षिया पूजा खत्रीले विद्यालय आउने वातावरण नभएको भन्दै आफुँलाई विद्यार्थीको रुपमा नर्हेन अनुरोध गदैं लेखेको भाबुक पत्रको अहिले सर्वत्र चर्चा भइरहेको छ ।

२. आजको कार्यक्रममा ‘सुनसरी नापी कार्यालयका कर्मचारीको घुस लिन नयाँ तरिका’ शिर्षकमा पनि रिपोर्ट प्रस्तुत गरिएको छ ।

सरकारी कार्यालयका कर्मचारीले सेवाग्राहीबाट घुस लिने तरिका पनि अच्चम अच्चमका हुन्छ । कही कर्मचारी आफै घुस लिन्छन् भने कुनै कुनै कार्यालयमा विचौलियाहरु खटाएर घुस बाँडफाँड गर्ने गरिन्छ । यस्तै घुस खाने अच्चमको काइदा देखिएको छ सुनसरी नापी कार्यालयमा । केहि दिन एक जोयल कार्की सुनसरी नापी कार्यालयमा कित्ताकाट गर्न पुगेका थिए ।

३. आजकै यस विषेश एपिसोडमा ‘विद्युतका कर्मचारीको लापरवाहीका कारण बाग्लुङका स्थानियहरु जोखिममा’ भन्ने शिर्षकमा पनि रिपोर्ट प्रस्तुत गरिएको छ ।

विद्युतको तार टाँगिएका काठका पोल कुहिएर भाँचिएपछि बागलुङ बिहुँका स्थानीयले अन्य काठको टेको लगाएर जोखिम पुर्ण अवस्थामा बिजुली बालिरहेका छन् । १० वर्षअघि मात्रै केन्द्रिय प्रशारणको बिजुली बत्ती पुग्दा गाडिएका काठका पोल अहिले कुहिएर भाँचिएका छन् ।

स्थानीयको दबाब पछि बिद्युत प्राधिकरण, जिल्ला समन्वय समीति लगाएतबाट फलामका पोल पनि गाडिएका छन् । तर फलामका पोल गाडेको करिब १ वर्ष पुग्नै लाग्दा पनि तार भने काठकै पोलमा छ ।

प्रतिक्रिया दिनुहोस्