Logo

गोरखामा आफ्नै आमावाट न्वारन कै दिन मारिएकी शिशुबारे यस्तो रहस्य खुल्यो ! (हेर्नुहोस् भिडियोमा)

आज भन्दा एक हप्ता अगाडि अर्थात भदौ ८ गते राति अचानक घरबाटै हराएकी ११ दिनको बच्चा मृत अवश्थामा भेटिएकी छिन् । न्वारान गरिसकेपछी न्वारान गरेकै रात स्थानीय सबल भण्डारी र रथी गुरुङ भण्डारीकी ११ दिनकी छोरी टीका ओछ्यानबाटै हराएकी थिइन् । हराएपछि घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीले अनुसन्धान थालेपछि घरबाट ३ सय मिटर माथि बारीमा बोराभित्र राखेर खाल्डोमा पुरिएको अवस्थामा शव फेला पारेको बताइएको छ ।

आफ्नौ ११ दिनको बच्चा आमा रथीले नै मारेको खुल्न आएकोले उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।भदौ ८ गते राति १ बजे आमा शौच गर्न गएका बेला बालिका हराएको जानकारीमा आएपछी प्रहरीले खाजी कार्य शुरु गरेको थियो ।

 

रथी छोरीलाई लिएर राति सासूसँगै एउटै कोठामा सुतेकी थिइन् ।राति १ बजेतिर बच्चा रोएपछि स्तनपान गराई सासूलाई जिम्मा लगाएर शौचालय गएकी बेला बच्चा हराएको उनको दावी थियो ।केही मिनेटकै बीचमा बच्चा हराएपछि परिवारका सदस्यसँग सोधपुछ गरेको थियो । शंका लागेर त्यसपछि सोधपुछ गर्दा आमा रथीले नै छोरीलाई मारेको खुल्न आएको छ । हेर्नुहोस् घटनाको भित्रि रहश्य ।

प्रतिक्रिया दिनुहोस्