Logo

आजको तपाइको भाग्य थाहा पाउनुहोस् : आजको राशिफल : भदौ २५ गते, सोमबार

वि.सं. २०७५ साल भदौ २५ गते। सोमबार। इश्वी सन् २०१८ सेप्टेम्बर १० तारिख। शकसंवत् १९४०। विरोधकृत संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ । भाद्र शुक्ल पक्ष। तिथि– प्रतिपदा, २१:३८ बजेउप्रान्त द्वितीया। नक्षत्र– पूर्वफाल्गुनी, ७:०५ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– साध्य, १३:३८ बजेउप्रान्त शुभ। करण– किंस्तुघ्न, १०:३५ बजेदेखि वव, २१:३८ बजेउप्रान्त वालव। आनन्दादिमा ध्वज योग। चन्द्र राशि– सिंह, १२:४७ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ५:४७ बजे, सूर्यास्त– १८:१३ बजे र दिनमान ३१ घडी ०५ पला। गुँलाधर्म समाप्ति।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले पढाई लेखाइमा अलि बढिनै संघर्ष गर्नु पर्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ बिचार दिमागमा आउने हुनाले प्रबृधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पडाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : बिहानको समय राम्रो रहेकोले समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अलि बढी समय दिन सक्दा प्रगति गर्न सकिनेछ । मध्यान्हबाट आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यवसाय फस्टाएर जानेछ । मापन प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबिच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आँट,पराक्रम गर्न नडराई अगाडि बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाम मुखी काम गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । मध्यान्हबाट समय मध्य यम रहेकोले मय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीतिकर्मी हरूका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । विद्यार्थी वर्गहरूका लागि मेहनत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेको छ । सुन्दर तथा विलासीताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरू सँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । बिहानको समयमा लामो दुरीको यात्राको तय गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केही रकम बचत गर्न सकिनेछ । पढाई लेखाइमा अलि बढी समय खर्चिने हो भने नतिजा आफmैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । बिदेया यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहररुका लागि दिन प्रभावकारी रहनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । बिहानको समयमा राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त गर्न निकै समय खर्चनु पर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भए पनि विफल हुने ग्रहयोग रहेको छ । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : बिहानको समय राम्रो रहेकोले व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई दैनिक कामहरू प्रभावित हुने हुनाले आर्थिक सङ्कटको सामना गर्नु पर्नेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनी सँग सामान्य कुरामा मनमुटाब बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाब बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : अरूले गर्न नसकेका कामहरू तपाइबाट हुने हुनाले प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । समस्या पर्दा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थाई सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफा मूलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवा मूलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । अध्ययनमा मन जानेछ ।

ज्योतिषी गणेश काफ्ले ।
तपाईँको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्