Logo

“मनकामना माताले सबैको मनोकामना पुरा गरुन ! २०७५ साल मंसिर ५ गते बुधबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल मंसिर ५ गते बुधबार नेपाल सम्बत ११३९ कछलाथ्व,सन् २०१८ नोभेम्बर २१ तारिक शुक्लपक्ष त्रयोदशी तिथि मध्यान्ह १२ वजेर ५५ मिनेटसम्म, अश्विनी नक्षत्र साँझ ६ वजेर २६ मिनेटसम्म,व्यतिपातयोग,तैतिलकरण,आनन्दादियोग मूत्यु,सूर्य वृश्चिक राशीमा,चन्द्रमा मेष राशीमा ।वारवेला,मुहूर्त र राशी ॐःराहुकालः–अशुभ पूर्वान्ह ११÷४९ वजेबाट अपरान्ह १÷९ वजेसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ७÷५० वजेबाट ९÷१० वजेसम्म रहनेछ । गुली कालः–सामान्य पूर्वान्ह १०÷३० वजेबाट अपरान्ह ११÷४९ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ पूर्वान्ह ११÷२८ वजेबाट मध्यान्ह १२÷१० वजेसम्म रहनेछ । अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷२८ वजेबाट मध्यान्ह १२÷१० वजेसम्म रहनेछ ।

ॐःसूर्योदयबाट प्रातः ७÷४९ वजेसम्म लाभ वेला,७÷४९ वजेबाट ९÷९ वजेसम्म अमृत वेला,९÷९ वजेबाट १०÷२९ वजेसम्म काल वेला,१०÷२९ वजेबाट ११÷४८ वजेसम्म शुभ वेला,११÷४८ वजेबाट १÷८ वजेसम्म रोग वेला,१÷८ वजेबाट २÷२८ वजेसम्म उद्वेग वेला,२÷२८ वजेबाट ३÷४८ वजेसम्म चर वेला र ३÷४८ वजेबाट सूर्यास्तसम्म लाभ वेला रहनेछ ।ॐःसूर्यास्तबाट ६÷४८ वजेसम्म उद्वेग वेला,६÷४८ वजेबाट ८÷२८ वजेसम्म शुभ वेला,८÷२८ वजेबाट १०÷८ वजेसम्म अमृत वेला,१०÷८ वजेबाट ११÷४८ वजेसम्म चर वेला,११÷४८ वजेबाट १÷२९ वजेसम्म रोग वेला,१÷२९ वजेबाट ३÷९ वजेसम्म काल वेला,३÷९ वजेबाट ४÷५० वजेसम्म लाभ र ४÷५० वजेबाट सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।

मेषः–गतिरोधको अन्त्य हुनेछ । अनावस्यक खर्चमा थोरै नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् । काम गर्ने जोश जागर बढ्नेछ । परिश्रम अनुसारको प्रतिफल मिल्नेछ ।

वृषः–दिन खर्चालु रहला । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । दुख,कष्ट हैरानी बढि हुनेछ । अरुको काम गरेर जश पाईने छैन । व्यर्थको घुमाई फिराई बढि हुनेछ । विवादित काममा हात नहाल्नु होला ।

मिथुनः–आफन्तको सहयोगमा आम्दानीका नयाँ क्षेत्रको पहिचान हुनेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्ला ।

कर्कटः– मानसिक तनाव घट्ने छ भने काम गर्ने उत्साहा छ । विगतमा पुरा गर्न नसकेका काम कुरा आज पुरा हुनेछन् । आफन्तबाट सहयोग पाईने छ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

सिंहः–भाग्यमा अवरोध आउन सक्छ । राज्यसँग सरोकार रहेका काम झन्झटिला हुनेछन् । हेलचक्र्याई नगरि काम गर्नु होला । इज्जत प्रतिष्ठमा आच आउन सक्ने हुदा पाईला पाईलामा विचार पु¥याउनु होला ।

कन्याः– बन्न लागेका काम पनि विग्रिन सक्छन्,समयमा नै होशियार हुनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । मानसिक तनाव बढ्नेछ । आय मार्ग खुम्चिने छन् भने व्यय मार्ग प्रशस्त खुल्ने छन्,मुठ्ठि कस्नु होला ।

तुलाः– थोरै प्रयत्न गर्नु भयो भने नयाँ काम हात पार्न सकिनेछ । प्रेमिकाबाट सहयोग मिल्नेछ । बैदेशिक मार्ग खुल्ने छन । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ ।

वृश्चिकः– अरुको काम गरेर जश पाईने छैन । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला । मनोबल नगिराई काम गर्नु होला सफल हुनुहुनेछ । ऋण लगानी गर्दा विचार पु¥याउनु होला । विना संघर्ष केहि हुने छैन ।

धनुः– विचारको खडेरी पर्न सक्छ । अन्योलता बढ्नेछ । समयमा निर्णय लिन नसक्दा अवसरबाट वञ्चित हुने अवस्था आउन सक्छ । वैराग्यता बढ्नेछ । व्यापार व्यवसायबाट उचित फल मिल्ने छैन ।

मकरः–परिवारिक चिन्ता बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । आफ्नो सोचाईको विपरित काम हुनेछन् । घरयासी खर्चमा वृद्धि हुन सक्छ । व्यापार व्यवसायमा गिरावट आउने देखिन्छ । सहयोग पाईने छैन ।

कुम्भः– काम गर्ने उत्साहा बढ्नेछ । विरोधीसँगको लडाई जितिनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गर्दा दाम र नाम दुवै हात पर्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

मिनः– पढाईतिर भन्दा धनतिर मन बढि दौडिने छ । सुरक्षित आर्थिक कारोवार गर्नु होला । भएको संरचनालाई नविग्रिन गरि काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । अरुको भर नपर्नु होला । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

प्रतिक्रिया दिनुहोस्